समाज

जबर्जस्ती करणी अभियोगमा वृद्ध पक्राउ

सांकेतिक तस्विर

चितवन– जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले एक वृद्धलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षिय दिलबहादुर गुरुङ रहेका छन्। 

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाका अनुसार दिलबहादुरले ६ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो। पक्राउ परेका गुरुङको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। रासस

प्रकाशित: ७ मंसिर २०७६ ०६:२० शनिबार

जबर्जस्ती_करणी चितवन वृद्ध_पक्राउ