समाज

नेसनल मेडिकल कलेजमा विद्यार्थीमाथि फेरि आक्रमण

काठमाडौं - नेसनल मेडिकल कलेज वीरगञ्जको एबिबिएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीमाथि फेरि आक्रमण भएको छ। कलेज प्रशासनविरुद्ध आन्दोलन गरेको भन्दै कलेजले गुन्डा परिचालन गरेर विद्यार्थीहरुलाई पिट्न लगाएको हो।

कलेज प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारी कै निर्देशनमा कलेजले लिएको अवैध शुल्क फिर्ताको माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि शुक्रबार साँझ हातपात भएको हो। आन्दोलनरत विद्यार्थीहरुका अनुसार शुक्रबार कलेज प्रशासनले प्रयोग गरेका भिजिलान्ते विद्यार्थीहरुले छात्राहरुमाथि छानीछानी आक्रमण गरेका छन्। कलेज प्रशासनले परिचालन गरेका गुण्डा र प्रशासन कोटामा अध्ययनरत विद्यार्थीको आक्रमणमा परि आन्दोलनरत केही विद्यार्थी घाइते भएका छन्।

कलेज प्रशाासनले परिचालन गरेको भिजिलान्तेको आक्रमणबाट घाइते भएकी एक विद्यार्थीले कलेज प्रशाासनले गुण्डा भिजिलान्ते र प्रशासन कोटाबाट पढिरहेको केही पुराना विद्यार्थीलाई प्रयोग गरेर आफूहरुमाथि आक्रमण गर्न लगाएको बतााइन्। ‘कलेज प्रशासनको ज्यादतीविरुद्ध आवाज उठाउँदा आफूहरुमाथि गुण्डा र भिजिलान्ते प्रयोग गरेर आाक्रमण गर्न लगाइया’े ति पीडित विद्यार्थीले भनिन् ‘ प्रशासन कोटाबाट पढिरहेका पुराना विद्यार्थी आएर आफूहरुमाथि एक्कासी हातपात गर्न थाले्, यही अवस्था हो भने ज्यान समेत जान सक्छ।’ 

कलेज प्रशासनले भिजिलान्ते प्रयोग गरेर आक्रमण गरेपछि विद्यार्थीहरु नाराबाजी लगाउँदै सकडमा उत्रिएका हुन्। उनीहरुले विद्यार्थी कुट्न पाइँदैन भन्दै कलेज प्रशासनविरुद्ध नााराबाजी समेत गरे। विद्यार्थीहरुले पठाएको भिडियोमा कलेज प्रशासनले परिचालन गरेका व्यक्तिहरुलले आन्दोलनरत विद्यार्थीहरुलाई लेखेटी लखेटी पिटेको देख्न सकिन्छ। कलेज सञ्चालक अन्सारीकै अग्रसरतामा विद्यार्थीहरुमाथि कुटपिट र दुव्र्यवहार भएको पीडित विद्यार्थीको आरोप छ। प्रहरी आएपछि कलेजले आक्रमणा गर्न परिचालन गरेका विद्यार्थीहरुलााई सुरक्षित ढंगलले भित्र लुकाइएको ती विद्यार्थीहरुले जनाए। यही अवस्थामा भित्र गरेर बस्ने परिस्थिति नरहेको भन्दै विद्यार्थीहरुले आफूहरुमाथि परिचालन गरिएका भिजिलान्ते विद्यार्थीलाई कारबाही हुनुपर्ने अडान राखेका छन्।

कलेज प्रशासनले बिहीबार पनि आन्दोलनरत विद्यार्थीहरुलाई होस्टल बाहिर नै चिसो भुइँमा राखेको थियो। कलेजविरुद्ध आन्दोलन गरेको भन्दै अन्सारीको निर्देशनमा विद्यार्थीहरुई गेटमा ताला लगााएर मध्येरातसम्म बाहिर नै बस्न बाध्य बनााएको पीडित विद्यार्थीहरुको गुनासो छ। प्रशासनलाई जीवनरक्षाका माग गर्दा पनि सुनुवाई भएको पीडित विद्याार्थीहरुको भनाइ छ।

कलेज प्रशासनले केही समय अघि पनि अवैध शुल्क असुलेको विरोधमा बोल्ने विद्यार्थीलाई नौ घण्टा बन्धक बनाएर राखेको थियो। त्यो बेला पनि भाडाका गुण्डा प्रयोग गरेर अन्सारीले आफूहरुमाथि यातना दिएको नेसनल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुको आरोप छ।

पीडित विद्यार्थीहरुका अनुसार अन्सारीले परीक्षा केन्द्र किनेर सबैलाई पास गराउने आश्वासन दिँदा पनि विद्यार्थीहरुले आफूहरुसँग लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने अडान लिएपछि उनले गुण्डा परिचालन गरेर विद्यार्थीलाई बन्धक बनाइ यातना दिएका हुन्। कलेजले सुरक्षा गार्डको रुपमा गुण्डा परिचालन गरेर कलेजको अत्याचारको विरुद्धमा आवाज उठाउने विद्यार्थीहरुमाथि यातना दिएको पीडित विद्यार्थीहरुको भनाइ छ।

चिकित्सा शिक्षा संघर्ष समितिका अनित सिन्हाका अनुसार अन्सारीले कलेजको ज्यादतीको विरुद्धमा आन्दोलनमा उत्रिएका विद्यार्थीलाई कलेज परिसरमा रहेको बाटो आफूहरुको निजी भएको र त्यो बाटोमा आन्दोलन गरे लखेट्ने धम्की दिएका थिए। ‘अन्सारीले कलेज अगाडी रहेको उक्त बाटो कलेजले किनेको निजी भएकाले सार्वजनिक स्थानमा गएर मात्र प्रदर्शन गर्न र उक्त ठाउँमा आन्दोलन गरे ठिक पार्ने धम्की दिएका थिए’, सिन्हाले भने, ‘अन्सारीको धम्कीपछि विद्यार्थीहरुले आफ्नो हकहित र कलेज प्रशासनको अत्याचारबिरुद्ध वीरगञ्जको घण्टाघरमा गएर विरोध गर्ने कार्यक्रम तय भएको थियो। तर विद्यार्थीहरु घण्टाघरमा गएर आन्दोलन गर्ने सुइको पाएपछि अन्सारीले विद्यार्थीहरुलाई करिब ९ घण्टासम्म विद्यार्थीलाई कलेजभित्र नै बन्धक बनाए।’

मेडिकल कलेज प्रशासनले विद्यार्थी आन्दोलनलाई कमजोर बनाउनका लागि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र नेविसंघसँग आवद्ध व्यक्तिहरु पनि परिचालन गरेको कलेजमा अध्ययनरत एक विद्यार्थीले जनाए। आन्दोलन गर्नका लागि अन्य कलेजबाट गएका चिकित्सक संघर्ष समितिका विद्यार्थीहरु देखेपछि हाम्रै केटाहरु रहेछन् भन्दै आफूहरुले गोप्य रुपमा भेटेर कुरा मिलाउने अन्सारीलाई आश्वासन दिएको ती विद्यार्थीको भनाइ छ। आन्दोलन गर्ने विद्यार्थीलाई बन्धक बनाउनु अघि आन्दोलन अन्सारीले बाउन्सर प्रयोग गरेर विद्यार्थीलाई लखेट्न लगाएका थिए।

अन्सारीद्वारा विद्यार्थीमाथि  धम्की
नेसनल मेडिकल कलेजका सञ्चालक तथा प्रबन्ध निर्देशक अन्सारीले आफूलाई प्रधानमन्त्री केपी ओलीको खास मान्छे भएकोले कसैले केही गर्न नसक्ने धम्की विद्यार्थीलाई दिने गरेका छन्। करिब एक महिना अघि गृहमन्त्रालयका गृहमन्त्री रामबहादुर थापा, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल सम्बन्धित मन्त्रालयका सचिव चिकित्सा शिक्षा आयोगको पदाधिकारीसहितको बैठकले सरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई तत्काल शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो। उक्त बैठकले शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउने चेतावनी दिएको थियो। तर अन्सारी, खुमा अर्याललगायतका मेडिकल कलेजका सञ्चालकहरु भने शुल्क फिर्ता नभइ समायोजन गर्नुपर्ने लबिइङमा थिए। शुल्क फिर्ता गर्न र त्यसो नगरे ठगी मुद्दा चलाउने निर्णयमा पुगेको सरकार नै अहिले मेडिकल माफियाको प्रभावमा परेर समायोजन गर्नुपर्ने पक्षमा उभिएको छ। अन्सारी प्रधानमन्त्रीको अध्यक्षतामा रहेको चिकित्सा शिक्षा आयागेको सदस्य समेत हुन्।

विद्यार्थीमाथि हातपात भएको विषायमा कलेजका प्रबन्ध निर्देशक अन्सारीले आफूले अहिले यो विषयमा बोल्न उपयुक्त नभएको बताए। उनले विद्यार्थीहरुलाई आफूले पटक पटक सम्झाउँदा पनि नमानेकाले मारपिट गर्नेलाई गरोस भनेर छोडिदिएको बताए। सरकारले नै यस विषयमा निर्णय गर्ने भएकाले  आन्दोलनरत विद्यार्थीको माग सुनुवाई गर्ने समय लाग्ने जिकिर गरे।

बढी शुल्क फिर्ता गर्नुपर्ने विद्यार्थीको माग
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जले विद्यार्थीसँग सरकारले निर्धारण गरेको शुल्कभन्दा १४ लाख बढी असुलिरहेको छ। सरकारले काठमाडौं उपत्यकाबाहिर ४२ लाख ४५ हजारभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो। उक्त निर्णय उल्लंघन गर्दै नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले विद्यार्थीसँग ५६ लाख सम्म लिँदै आएको विद्यार्थीहरु बताउँछन्। सरकारले तोकेको भन्दा चौध लाख बढी शुल्क असुलेपछि उक्त पैसा फिर्ता गर्न विद्यार्थीहरुले आन्दोलन थालेका थिए। त्यही आन्दोलनमा सहभागी भएको भन्र्दै कलेज प्रशासनले विद्यार्थीलाई बन्धक बनाएको हो।

प्रकाशित: ७ मंसिर २०७६ ०५:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App