समाज

‘झुठा नारा दिने उम्मेदवारप्रति सचेत रहनू’

भक्तपुर – भक्तपुर १ (क)का उम्मेदवारले उपनिर्वाचनमा झुठा नारा दिने उम्मेदवारप्रति सचेत रहन मतदातासँग आग्रह गरेका छन्।

प्रेस मिट सेन्टर अफ भक्तपुरद्वारा बिहीबार आयोजित उम्मेदवारसँगको साक्षात्कारमा उम्मेदवारहरूले प्रदेशसभामा निर्वाचित सांसद्को काम ऐन कानुन बनाउने भएकाले उनीहरूको विकासे नारामा नफस्न मतदातालाई आग्रह गरेका हुन्।

साझा पार्टीका उम्मेदवार सुरज प्रधानले प्रदेशसभामा निर्वाचित सांसद्को काम विकास गर्ने नभई ऐन कानुन बनाउने भएको बताए। उम्मेदवारले चुनाव जित्न विकासे नारा दिन सक्ने भन्दै त्यसमा नफस्न मतदातालाई सुझाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार श्याम नेपालले ठूला पार्टीले चरम भ्रष्टाचार गरेको आरोप लगाए। उनले भ्रष्टाचारको अन्त्यका लागि आफूले उम्मेदवारी दिएको बताए। उनले ठूला दलका उम्मेदवारको आश्वासनमा नझुक्किन मतदातालाई अनुरोध गरे।
आगामी मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: ६ मंसिर २०७६ ०३:४३ शुक्रबार

प्रेस_मिट_सेन्टर_अफ_भक्तपुर उम्मेदवार झुठा_नारा