समाज

गाउँपालिकाले छान्यो १० शिक्षक

खाेटङ – दिप्रुङ चुइचुम्मा गाउँपालिकाले १० जना शिक्षक छनोट गरेको छ। गाउँपालिकाको अनुदान कोटाको पदपूर्तिका लागि आइतबार माविमा एकजना, आधारभूत तहमा पाँचजना र प्राविमा चारजना शिक्षक चयन गरिएको हो।

गोलाप्रथाबाट छानिएका रोस्टर शिक्षकमार्फत माविमा जनसंख्या विषयका लागि रिता राई, आधारभूत विद्यालयतर्फ विज्ञान विषयको शिक्षकका रूपमा पारस दनुवार, राजकुमार यादव, मिराम राई र प्रदीप मेहता छनोट भएका छन्। यस्तै, प्रावितर्फ सीतादेवी भट्टराई, तृष्णा राई, कमला थापा तथा जिल्ला शिक्षा समन्वय एकाइबाट प्राप्त प्रावि अनुदानअन्तर्गत जनचेतना प्रावि छितापोखरीका लागि शम्भु तामाङ उत्तीर्ण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणिकुमार गिरीले बताए।

गाउँपालिकाले विभिन्न विद्यालयमा शिक्षक नियुक्तिका लागि १५ वटा कोटा उलपब्ध गराएको थियो। अझै मावि अंग्रेजीका तीनजना, मावि गणितका एकजना र निमावि अंग्रेजीका दुईजना शिक्षक छनोट गर्न बाँकी रहेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।

प्रकाशित: ४ मंसिर २०७६ ०२:१९ बुधबार

दिप्रुङ_चुइचुम्मा_गाउँपालिका गाउँपालिका शिक्षक