समाज

१० करोड राजस्व छली मुद्दा

काठमाडौं – राजस्व अनुसन्धान विभागले ग्रिन टोबाको कम्पनीका सञ्चालकसहित अन्य उद्योगलाई १० करोड १५ लाख बिगो माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

काठमाडौंमा रहेको ग्रिन टोबाको कम्पनीका सञ्चालक प्रभुराम श्रेष्ठसमेत अन्य उद्योगविरुद्ध मुद्दा दर्ता भएको हो। राजस्व अनुसन्धान विभागका अनुसार सफिन एण्ड ब्रदर्स इन्टरप्राइजेजका सरोज केसी, आरएस स्टोरका मुकेश अगैवाल, अभिनव सूर्ति उद्योगका सुष्मा गोयन्का, गोल्डन टोबाको इन्डस्ट्रिजका दिनेश बसुकला, ओम साई सुर्ती उद्योगका जानुका कार्कीले अन्तशुल्क स्टिकर नलगाई सूर्तिजन्य वस्तु बिक्री गरेको, कर छलीका कागजात भेटिएको थियो।

विभागले राजस्व चुहावट गरेको भन्दै १० करोड १५ लाखको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय माग दाबीसहित मुद्दा दर्ता गरिएको हो।

प्रकाशित: ४ मंसिर २०७६ ०२:०० बुधबार

राजस्व_अनुसन्धान_विभाग राजस्व मुद्दा