समाज

बानेश्वरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका– ३१, नयाँ बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बा ९१ प १७६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटर साइकल चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा बाजुरा दहकोटका ३२ वर्षीय गोकुलबहादुर रोकाया रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते रोकायाको नागरिक अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार अर्का उदयपुरका १९ वर्षीय प्रदीप मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस

प्रकाशित: ३० कार्तिक २०७६ १२:०५ शनिबार

मृत्यु मोटरसाइकल_दुर्घटना