समाज

लागुऔषधसहित एक युवक पक्राउ

लहान- प्रतिबन्धित लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेकोे छ।

इलाका प्रहरी कार्यालय बरीयारपट्टिबाट खटिएको टोलीले लागुऔषधसहित सिरहाको गोलबजार नगरपालिका–४ निवासी १९ वर्षीय विजयकुमार यादवलाई पक्राउ गरेको हो।

भारतीय बजार लदनियातर्फबाट आउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा यादवको साथबाट नाइट्रोभेट ३६ थान, नाइट्रोजन १०० थान, स्पासो २४ थान र दुई थान डाइलेक्स डिसी बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।  रासस

प्रकाशित: २० कार्तिक २०७६ ०५:४७ बुधबार

लागुऔषध पक्राउ