समाज

राजस्व छल्नेविरुद्ध मुद्दा दर्ता

काठमाडौं – राजस्व अनुसन्धान विभागले झुठा तथा नक्कली बिलमार्फत राजस्व छल्नेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

विभागले नेपाल दोगंहवा कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी प्रालिविरुद्ध राजस्व चुहावट गरेको अभियोगमा १३ करोड १३ लाख ११ हजार बिगो कायम गर्दै दोब्बर जरिवाना, तीन वर्ष कैद मागदाबी गरेको छ।

विभागको मागदाबीअनुसार राजश्व छल्ने दोगंहवाले सरकारलाई २६ करोड बढी असुल गर्नुपर्ने हुन्छ। राजस्व चुहावट ऐनविपरीत मूल्य अभिवृद्धि कर र आयकर लुकाई नाफा वितरण गर्दा लाग्ने लाभांश छलेका हुन्।

विभागले मुअक, लुकाएको आयकर, नाफा वितरण गर्दा लाग्ने लाभांश कर गरी १३ करोड १३ लाख बढी रकम दाबी गरेको हो। राजस्व चुहावट गरेको अभियोगमा आयोगले यान लिङ, शे श्याङजुन, वे देगुई, सुवीन श्रेष्ठविरुद्ध दोब्बर जरिवाना र ३ वर्षसम्मको कैद सजाय माग दाबी गर्दै मंगलबार मुद्दा दर्ता गरिएको हो।

प्रकाशित: २० कार्तिक २०७६ ०२:०४ बुधबार

राजस्व_अनुसन्धान_विभाग नक्कली_बिल मुद्दा