समाज

भक्तपुरमा बस दुर्घटना हुँदा ९ घाइते

भक्तपुर – अरनिको राजमार्गअन्तर्गत भक्तपुरको बाँसघारीमा सोमबार बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ बाँसघारीमा साँगाबाट जगाती काठमाडौतर्फ आउदै गरेको बा३ ख ९२७९ नम्बरको बसलाई सोही दिशातर्फबाट आउँदै गरेको बा२ ख ३०६५ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा दुवै बसमा सवार ९ यात्रु घाइते भएका हुन्।

घाइतेलाई उपचारको लागि डा. इवामुरा अस्पताल सल्लाघारी भक्तपुरमा ल्याइएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ।

घाइते यात्रुको उपचार भइरहेको र हाल उनीहरूको अवस्था सामान्य अवस्था रहेको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए। दुवै सवारीसाधन र बस चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १९ कार्तिक २०७६ ०२:०२ मंगलबार

अरनिको_राजमार्ग बाँसघारी बस_दुर्घटना