काभ्रे- बनेपा-९ ठकुरी गाउँमा प्रहरी र स्थानीयबीच झडप भएको छ । सोमबार फोहोर जलाउने मेसिन राख्न ठाउँ सम्याउने विषयमा झडप हुँदा प्रहरी र स्थानीय गरी ८ जना घाइते भएका छन् ।
झडपमा पाँच स्थानीय घाइतेहरुको टाउकोमा चोट लागेको छ । घाइते हुने स्थानीयहरूमा रामप्रसाद पौडेल(६५), मैना खत्री, सावित्री तिमल्सिना, भीमसेन थापा(२८), रामशरण तिमल्सिना रहेका छन् ।
फोहोर जलाउने मेसिन राख्नका लागि ठाउँ सम्याउनेलगायत कामका लागि बनेपाले नेपाल प्रहरी २५ र सशस्त्र प्रहरी ४० सहित एक वटा ब्याकहो लोडर जबर्जस्ति लैजान खोजेपछि स्थानीय र प्रहरीवीच दोहोरो झडप भएको हो । स्थानीय ५ र प्रहरी ३ जना घाइते भएका छन् । झडप भएपछि प्रहरीले ९ सेल अश्रु ग्यास प्रहार गरेको थियो । झडपमा ब्याकहो लोडरको सीसा फुटेको छ ।
मेयर लक्ष्मी नरसिंह बादेले जसरी पनि कृषि फार्म रहेको जग्गामा काम गरेरै छाड्ने अडानमा लिएका छन् ।
प्रकाशित: १८ कार्तिक २०७६ ०९:२७ सोमबार