समाज

फरार प्रतिवादी कारागार चलान

खोटाङ – बालविवाह मुद्दाका फरार प्रतिवादी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ४० वर्षीय पूर्णबहादुर राई कारागार चलान भएका छन्।

जिल्ला अदालतले २०७१ पुस २७ गते एक महिना कैद र पाँच हजार जरिवाना हुने फैसला सुनाएका राईलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए।

त्यसैगरी कर्तव्य ज्यान मुद्दाका फरार साकेला गाउँपालिका–३ खिदिमाका ४३ वर्षीय गोपाल राई पनि जेल चलान भएका छन्।

११ वर्षदेखि फरार राईलाई कात्तिक १७ गते घरबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक खेरवारले बताए। ज्यान मारेको अभियोगमा उनलाई जिल्ला अदालत भोजपुरले २०६५ पुस १६ गते चार वर्ष ११ महिना चार दिन कैद सजाय हुने फैसला सुनाएको थियो।

प्रकाशित: १८ कार्तिक २०७६ ०४:१४ सोमबार

बालविवाह_मुद्दा कारागार_चलान प्रतिवादी चलान