नवलपरासी – महेन्द्रराजमार्ग अन्तरगत कावासोती नारायणगढ खण्डको लोकाह पुलमा शंकास्पद वस्तु देखिएको छ। अज्ञात समुहले शंकास्पद वस्तु राखेपछि त्यहाँ आवश्यक मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। शंकास्पद वस्तुका कारण त्यहाँ वरपर त्रास फैलिएको छ ।
लोकाह पुलको दायाँ उत्तरतर्फको ग्याबिनमा रातो कपडामा बेरेर तार बाहिर निक्लिएको अवस्थामा शंकास्पद वस्तु देखिएपछि सुरक्षा सतर्कता बढाइएको
जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ। शंकास्पद वस्तु प्रहरी कार्यालयबाट ४ किलोमिटर पूर्वमा फेला परेको हो।जिल्ला प्रहरी प्रमुख अर्जुन रानाभाटले शंकास्पद वस्तु देखिएकाले सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको बताए। सो पुललाई नेपाल प्रहरी र सशस्त्रको टोलीले घेरा हालेर राखेको छ ।
प्रकाशित: १८ कार्तिक २०७६ ०३:४४ सोमबार