समाज

सुनकोशी बस दुर्घटना अपडेटः १६ जनाकाे मृत्यु, घाइते २० जनाकाे उपचार हुँदै

सिन्धुपाल्चोक– सुनकोशी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या  १६ पुगेको छ। घाइते २० जनाको सदाबहार अस्पताल खाडीचौर र प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा उपचार भइरहेको छ। नदीमा हराइरहेकाहरुको खोजी कार्य जारी छ।

दोलखाको मागादेउरालीबाट काठमाडौंतर्फ आएको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो। चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकेटेस्थित अरनिको राजमार्गमा बस दुर्घटनामा परेको थियो। प्रहरीले बस तीव्र गतिका कारण अनियन्त्रित भई नदीमा खसेको अनुमान गरेको छ। 

शैलुङ्गेश्वरी यातायातको बस दिउँसो सवा एक बजे नदीमा खसेको हो। 

 

प्रकाशित: १७ कार्तिक २०७६ ०८:५६ आइतबार

सुनकोशी शव