समाज

पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहको निधन

काठमाडौं- पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहको निधन भएको छ। उनको विहीबार निधन भएको नेपाल प्रहरीले जनाएको छ।

२०४३ साल आसार १ गते देखि २०४७ साल जेठ ३१ गतेसम्म नेपाल प्रहरीको संगठन प्रमुख रहेका सिंहको कार्यकालमा नेपाल प्रहरीमा कम्प्युटर प्रणालीको शुभारम्भ भएको थियो। यस्तै नेपाल टेलिभिजनबाट ‘प्रहरी अनुरोध' कार्यक्रमको प्रशारण समेत उनकै समयदेखि सुरू भएको थियो।

सिंहको कार्यकालमै प्रहरीको पोशाक परिवर्तन भई वर्तमान नीलो रंगको पोशाक प्रयोगको थालनी भएको थियो। उनी प्रहरी प्रमुख हुँदा प्रहरीले पहिलो पटक इन्टरपोलको दशौं एशियाली क्षेत्रीय सम्मेलन काठमाडौंमा आयोजना गरेको थियो ।

 

प्रकाशित: ८ कार्तिक २०७६ १०:३० शुक्रबार

निधन प्रहरी