समाज

काठको पुलबाट चिप्लिएर लड्दा एक युवाको ज्यान गयो

ताप्लेजुङ– काठको पुल तर्ने क्रममा चिप्लिएर खोलामा खस्दा ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ मा एकजनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मैवाखोला गाउँपालिका वडा नं ४ का २९ बर्षिय सुरेन्द्र तामाङ रहेका छन्। स्थानीय सुनिता कुलुङ शेर्पाका अनुसार काम सकेर घर फर्कने क्रममा भष्मेखोला माथि थापिएको काठको पुलबाट चिप्लिएर तामाङको मृत्यु भएको हो। 

शव मोष्टमार्टमका लागि ताप्लेजुङ अस्पताल ल्याउने तयारी भइरहेको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक बिनोद निरौलालाई उद्धृत गर्दै शेर्पाले जानकारी दिइन्। 

प्रकाशित: १६ आश्विन २०७६ १४:१६ बिहीबार

काठको_पुल ताप्लेजुङ मृत्यु