समाज

अरिङ्गालले चिलेर भाइको मृत्यु, दिदी भाइ घाइते

बाजुरा– अरिङ्गालको चिलेर ५ वर्षे बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का रामबहादुर थापाका ५ वर्षका छोरा समिर थापा रहेका छन्। अरिङ्गालको चिलेर दुई जना दिदी भाइ घाइते भएका छन्।

घर नजिकैको जगंलमा पानी लिन गएको बेला अरिङ्गालले चिलेको हो। घाइते बनेका समिरलाइ जिल्ला अस्पताल बाजुरामा उपचार असम्भव भएपछि बयालपाटा अस्पताल रिफर गरिएको थियो। लिने तयारी हुँदै गर्दा उपचार कक्षमै मृत्यु भएको अस्पतालले बताएको छ।

लेकमा बस्दै आएका आफन्तहरु अस्पताल पुग्न ढिलाई गरेका थिए। अरिङ्गालले समिरको टाउको र शरिरका विभिन्न भागमा चिलेको थियो। अस्पताल पुर्याउँदासम्म पनि अरिङ्गाल शरिरमै टाँसिएको अस्पताल श्रोतको भनाई छ।

काईबाट घाइते भएका विनोद थापा र कविता थापाको सामान्य उपचारपछि घर फकाईएको छ। तीनै जना दिदीभाइ पानी लिनका लागि नजिकैको कुवामा गएका थिए। आमा बुबा लेक गएकोले आफै खाना पकाउनु पर्ने हुँदा पानी लिन गएका हुन्। 

रुखमा गोलो बनाएर बसेको अरिङ्गालले टोक्न सुरु गरेपछि दौडिन नसक्दा समिर थापालाई बढी टोकेको र सहन नसकेकै कारण एकाएक मृत्यु भएको हो। घरमा नियमित पानी नआउने हुँदा उनीहरुको परिवार सधै जसो पानीका लागि कुवामै जाने गरेका थिए। 

प्रकाशित: १६ आश्विन २०७६ १३:२५ बिहीबार

अरिङ्गाल टोकाई