समाज

अरिङ्गालले चिलेर एकको मृत्यु

उदयपुर– उदयपुरका एक युवाको अरिङ्गालले चिलेर मृत्यु भएको छ। अरिङगालले चिलेर कटारी नगरपालिका–९ लिम्पाटारका ३२ वर्षीय दलबहादुर परियारको बुधबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घर नजिकैको चिलाउनेको रुखमा रहेको अरिङ्गालको गोला बुधबार दिउँसो करिब १ बजे काढ्न आगो लगाउने क्रममा चिलेर परियार गम्भीर घाइते भएका थिए।

गोलामा आगो सल्काउने क्रममा बिच्केका अरिङ्गालले परियारको शरिरभरी चिलेर घाउ बनाएपछि उनी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते उनको स्थानीयले उद्धार गरी अन्दाजी ३० किलोमिटर टाढा कटारी अस्पताल लैजाने क्रममा अस्पताल पु-याउन नपाई मृत्यु भएको हो। घाइते परियारलाई उपचारार्थ कटारी अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।अस्पताल पुग्दा उनलाई डाक्टरले मृत घोषित गरेको प्रहरी भनाई छ।

प्रकाशित: ९ आश्विन २०७६ १३:५४ बिहीबार

अरिङ्गाल मृत्यु