समाज

राजधानीमा हतियारसहित ३ जना पक्राउ

काठमाडौं– महानगरीय प्रहरीले हतियारसहित तीन जनालाई सिनामंगल क्षेत्रबाट पक्राउ गरेको छ। कामपा ९ स्थित एयरपोर्ट शम्भुमार्गको होटल एभरेष्ट इनबाट बुधबार दिउँसो हतियारसहित ३ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

पक्राउ पर्नेमा उदयपुर घर भई बालुवाटार बस्ने ३० वर्षीय भिम बहादुर सार्की, सिन्धुली घर भई लाजिम्पाट बस्ने भिम बहादुर माझी र प्रदीप माझी रहेका छन्। उनीहरुबाट १ थान पेस्तोल र ६ थान गोली बरामद गरिएको छ। 

उक्त होटलको कोठा नम्बर ४०४ मा बसेका व्यक्तिसँग हतियार छ भन्ने मेट्रो इन्टेलिजेन्सको विशेष सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट प्रहरी निरीक्षक कृष्ण खड्काको कमाण्डमा खटिएको टोलीले खान तलासी गरेर उनीहरुलाई पक्राउ गरेको हो। 

तीनै जनालाई गौशाला वृत्तमा राखेर अनुसन्धान भइरहेको छ। 

प्रकाशित: ८ आश्विन २०७६ १२:०० बुधबार

हतियार पक्राउ पेस्ताेल