समाज

राजधानीको विभिन्न स्थानका सडकबाट २९ बालबालिकाको उद्धार

काठमाडौँ- बालबालिका खोजतलास समन्वय केन्द्रले राजधानीको विभिन्न स्थानका सडकबाट २९ बालबालिकाको उद्धार गरी पुनःस्थापना गृहमा आश्रयका लागि पठाएको छ। भृकुटीमण्डपस्थित केन्द्रबाट खटिएको टोलीले ती बालबालिकाको उद्धार गरेको हो।     
     
टोलीले पशुपति क्षेत्र, रत्नपार्क, ठमेल, दरबारमार्ग, सोह्रखुट्टे, नयाँ बसपार्क, सामाखुशी र बालाजु क्षेत्रबाट १७ बालक र १२ बालिकाको उद्धार गरिएको प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए। दिउँसो सडकमा बालबालिका नभेटिने र रातभर सडकमै बसेर दुव्र्यसनमा संलग्न हुने गरेकाले राति ८ बजेदेखि बिहान ३ बजेसम्म खोजतलास गरेको उनले बताए।

उनीहरुलाई सडक बालबालिका पुनःस्थापनाका लागि ‘सोभर रिकभरी एण्ड ट्रिटमेन्ट सेन्टर’ आरुबारीको जिम्मा लगाइएको केन्द्रले जनाएको छ।     
     
तीन बालबालिका दुव्र्यसनमा संलग्न रहेको भेटिएकाले प्रहरीले थप अनुसन्धानका लागि लगेको सेन्टरका संस्थापक छिरिङ वाङ्दुले बताए। उक्त सेन्टरमा पुनःस्थापनाका लागि हाल ६० बालबालिका राखिएको उनले बताए। रासस

प्रकाशित: ६ आश्विन २०७६ १२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App