विदुर- जिल्ला प्रहरी कार्यालय नुवाकोटले अवैधरुपमा लगाइएको एक हजार ९ सय ५० बोट गाँजा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार अवैध लागुऔषध गाँजा प्रहरीले नष्ट गरेको हो।
उनले नुवाकोटको शिवपुरी गाउँपालिका-६ स्थित सुईचौरमा २ सय ५० बोट, बेलकोटगढी नगरपालिका-६ स्थित महादेव खड्कागाउँमा दुई सय बोट, विदुरनगपालिका-१० स्थित दारेगौँडामा एक हजार ५ सय गरी जम्मा एक हजार ९ सय ५० गाँजाको बोट प्रहरीले नष्ट गरेको जानकारी दिए।
उनले लागुऔषध दुव्र्यसनीबाट युवायुवतीलाई जोगाउन जिल्लामा प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए।रासस
प्रकाशित: २६ भाद्र २०७६ ०८:४१ बिहीबार