समाज

सिन्धुपाल्चाेकमा डेंगीले एकको ज्यान गयो

सांकेतिक तस्बिर

सिन्धुपाल्चोक– इन्द्रावती गाउँपालिका–१२ भीमटारमा डेंगी संक्रमणबाट एक जनाको ज्यान गएको छ। बिहिबार बिहान करिब ११ बजे ६५ बर्षीय रामबहादुर दनुवारको उपचारको क्रममा ज्यान गएको हो।

वडा नम्बर १२ का वडाध्यक्ष कमलरत्न दनुवारले नागरिक न्यूजलाई दिएको जानकारी अनुसार  रामबहादुरको काठमाडौंको बानेश्वरस्थित भेनस अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो।

अस्पतालमा रहेका कमलरत्नले उपचारमा संलग्न चिकित्सकको भनाई उदृत गर्दै रामबहादुरको डेंगीबाट ज्यान गएको पुष्टि गरेका हुन्। सामान्य ज्वरो आएपछि उपचारको लागि तीनअघि रामबहादुरलाई काठमाडौं लगिएको थियो।

यो घटनापछि भीमटारमा अन्य पनि डेंगीका रोगी हुनसक्ने आंशका गर्दै स्वास्थ्यकर्मी टोली खटाएको प्रमुख इन्द्रावती गाउँपालिकाका प्रशासकिय अधिकृत विनोद रोक्काले नागरिक न्यूजलाई बताए ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ डेंगीबारे बास्तविकता बुझ्न र मृतकको गाउँ गएर निगरानी राख्न जिल्ला स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको जानकारी दिइन्।

प्रकाशित: १९ भाद्र २०७६ ०८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App