समाज

विश्वविद्यालयसँगै छैन पाठ्यपुस्तक

जलजला बहुमुखि क्याम्पस। फोटो:दिनेश/नागरिक

रोल्पा - गत वर्षसम्म त्रिभुवन विश्वविद्यालय मातहतमा रहेको रोल्पा सदरमुकामस्थित जलजला बहुमुखी क्याम्पस यतिबेला मध्यपश्चिम विश्वविद्यालय मातहतमा आएको छ। तीन सय बढी विद्यार्थी रहेको यो क्याम्पसमा पढने विद्यार्र्थी र पढाउने शिक्षकलाई यतिबेला पाठ्यपुस्तक नहुदा समस्या भएको छ। मध्यपश्चिम विश्वविद्यालयले पाठ्यपुस्तक तयार नगरेका कारण शिक्षकहरुले विषयवस्तु मोवाइलमा डाउनलोड गरेर पढाउने गर्दछन्। शिक्षकले ईन्टरनेटबाट तानतुन पारेर पढाउने गरेको भए पनि व्द्यिार्थीहरु भने अन्यौलमा छन्।

‘सरहरुले इन्टरनेटबाट खोजेर पढाई रहनु भएको छ। विद्यार्थलाई अध्ययन गर्न समस्या परेको छ।’ क्याम्पस प्रमुख बिष्णु आचार्यले भने ‘विश्वविद्यालयले पाठ्यपुस्तक तयार गरिसकेको रहेनछ।’ सहजताका लागि भन्दै मध्यपश्चिम विश्वविद्यालयमा मिसिएको जलजला बहुमुखी क्याम्पसमा शिक्षक दरबन्दी पनि कम छ।

उता पाठ्यपुस्तक अभाव झेलेको बाकेस्थित बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका विद्यार्थी पनि सकसमा छन्। ‘किताब लेख्ने क्रम सुरु हुदैछ। अहिलेसम्म खोजेर पढाइरहेको अवस्था छ। अलि महंगो भए पनि अंग्रेजीसम्म किताब छ तर सर्बसुलभ छैन।’ बागेश्वरी बहुमुखि क्याम्पसका प्रमुख शिशिर कुमार शर्माले भने ‘विश्वविद्यालयले पाठ्यक्रम बनाउने हो। पाठ्यपुस्तक शिक्षकले निकाल्नु पर्छ। अबको केहि समयमा सर्र्वसुलभ उपलब्ध।’ 

सेमेस्टर प्रणाली लागु भएका कारण पछिल्लो समय क्याम्पसमा विद्यार्थी नियमित हुने दर केहि बढे पनि संन्तोषजनक भने छैन। त्रिभुवन विश्वविद्यालय मातहतमा हुदा प्रयाप्त पाठ्यपुस्तक भए पनि अहिले मध्यपश्चिम विश्वविद्यालयले उपलब्ध गराउन सकेको छैन। ‘सन्र्दभ सामाग्री सेलेभस दिएको छ। बाँकी आफै तयार गर्ने भनेको छ। आफुले पढाउने आफै तयार गर्ने हो।’ उपप्राध्यापक खिमबहादुर खड्काले भने। ‘हामीलाईभन्दा विद्यार्थीलाई अलि असहज भएको छ।’

पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरु के गर्ने अन्यौलमा छन्। ‘किताब छैन। सरहरुले मोवाइलमा डाउनलोड गरेर ल्याएको विषयबस्तु पढाउनु हुन्छ।’ एक विद्यार्थी भन्छन ‘के भन्नु सर पढाई गतिलो छैन। विकल्प पनि छैन।’ ‘किताब हुने त १० कक्षासम्म मात्र हो। तल्लो कक्षामा मात्र किताब हुन्छ। हाम्रोमा करिकुलम चाहि छ। तर पाठ्यपुस्तक छैन।’ मध्यपश्चिम विश्वबिद्यालयका निमित्त रजिस्टार यामबहादुर कार्कीले भने ‘विषयबस्तु आफैले खोजेर पढ्ने पढाउने हो।

शिक्षकले फोटोकपी दिन्छन् विद्यार्थीले चलाउँछन। यताउति गर्छन परिक्षा दिन्छन्। त्यहि भएर त गुणस्तर छैन।’ उनले थपे ‘टियुमा पनि यस्तै हो। हामीले बनाउने करिकुलम हो।’

प्रकाशित: १९ भाद्र २०७६ ०४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App