समाज

प्रहरीको भ्यानले ठक्कर दिँदा दुई पैदल यात्री गम्भीर घाइते

काठमाडाैँ - कलंकीमा प्रहरीको भ्यानले ठक्कर दिँदा दुई जना पैदल यात्री गम्भीर घाइते भएका छन्। महानगरीय प्रहरी प्रभाग कलांकीको भ्यानले सडकमा हिडिरहेको अवस्थामा ठक्कर दिँदा एक महिला तथा एक पुरुष गम्भीर घाइते भएका हुन्।

महानगरीय प्रहरी वृत दिएको जानकारीअनुसार २३ वर्षीय बिबेक बस्नेत र ३४ वर्षीया दिया श्रेष्ठ गम्भी घाइते भएका हुन्। उनीहरुको सहिद मेमोरिया अस्पतालमा उपचार भइरहेको छ।

 

प्रकाशित: १७ भाद्र २०७६ ०८:२३ मंगलबार

ठक्कर घाइते