समाज

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

अर्घाखाँची– जिल्लाको पाणिनी गाँउपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन्। पाणिनी गाँउपालिका वडा नम्बर–२, लामडाँडामा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा स्याङ्गजाको कृष्णगण्डकी गाउँपालिका–७ का ४३ वर्षिय रेशम बहादुर भण्डारीको ज्यान गएको हो।

त्यस्तै दुर्घटनामा कास्कीको लेखनाथ उपमहानगरपालिका–१७ का ३० वर्षीय ठगबहादुर सेन घाइते भएका जिल्ला प्रहरी कार्यालका प्रहरी निरिक्षक सुरेश सुवेदीले जानकारी दिए।

पाल्पाको बाटो हुँदै अर्घाखाँची आउँदै गरेका उनीहरु सवार ग १४ प ८१७४ नम्बरको मोटरसाईकल चिप्लिएर बाटो मुनि पुगेको थियो। घाइते दुवै जनालाई उपचारका लागी पाल्पा मिसन अस्पताल लगिएकोमा पछाडी बसेका भण्डारीको उपचारकै क्रममा ज्यान गएको हो भने मोटरसाईकल चालक सेनको उपचार भइरहेको छ। मोटरसाइकल प्रहरी चौकी खिदिमले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १२ भाद्र २०७६ ०७:१९ बिहीबार

मोटरसाइकल दुर्घटना मृत्यु घाइते