समाज

छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

हेटौडा - मकवानपुरमा फरक–फरक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।  मकवानपुरको हटौँडा–५ मा बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री मकवानपुरगढी–४ का ४० वर्षीय सोमलाल घलानको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै बुधबार दिउँसो अटोरिक्साको ठक्करबाट घाइते पैदलयात्री हेटौँडा–११ का ५० वर्षीय नारायण लम्सालको उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  हेटौँडा–११ मा अटोको ठक्करले गम्भीर घाइते भएका उनको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको हो।
 
हिजो साँझ नै मकवानपुरगढी–२ मा चट्याङका कारण एक जनाको मृत्यु भएको छ।   घरनजिक बसिरहेको अवस्थामा साँझ ३० वर्षीय सुन्तली विकलाई चट्याङ लागेको र उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा मृत्यु भएको जनाइएको छ।
 
हेटौँडाका सवारी दुर्घटनामा संलग्न प्रदेश२–०३००१प ९३९० नंको मोटरसाइकलका चालक रोशन दुलाल तथा ना२ह १८९० नंको अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।रासस

प्रकाशित: १२ भाद्र २०७६ ०३:१० बिहीबार

दुर्घटना मृत्यु