समाज

चट्याङ लागेर बालिकाको मृत्यु, आमा घाइते

बाजुरा–  बुढीगंगा नगरपालिका १० बदेडामा चट्याङ्ग लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी २ वर्षिया छोरी सिरिया सार्की रहको स्थानीय रमेश सार्कीले बताएका छन्।  लाल सार्कीको घरमा परेको चट्याङ्गको आवाजले बेहोस भएर बालिकाको मृत्यु भएको सार्कीले बताए।

मृतक बालिकाकी आमा दिला सार्कीको पनि अचेत अवस्थामा रहेको सार्कीले बताए। बर्बराउने दात बाध्ने गरेको बताईएको छ। उपचारको लागि कतै नलगिएको बताएको छ। मृतक बालिकाका बुबा भने नोकरीको सिलसिलामा भारतमा रहेका छन्।

राती १ बजे परेको चट्याङ्गले स्थानीय लालबहादुर सार्कीको घरमा क्षति पुगेको छ। क्षतिको यथार्थ विवरण लिन इलाका प्रहरी चौकी टाँटेको टोली घटनास्थलमा गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। शबको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ। 

प्रकाशित: ७ भाद्र २०७६ ११:३९ शनिबार

चट्याङ बालिका मृत्यु