समाज

चट्याङ लागेर बालिकाको मृत्यु

मार्तडी - बाजुराको बूढीगङ्गा नगरपालिका–१० बधेडामा मध्यराति १ः०० बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहको स्थानीय रमेश सार्कीले बताए।

लाल सार्कीको घरमा परेको चट्याङको आवाजले बेहोस भएर बालिकाको मृत्यु भएको सार्कीको भनाइ रहेको छ। मृतक बालिकाकी आमा दीला सार्कीको अवस्था भने अचेत रहेको बताइएको छ। मृतक बालिकाका बुबा नोकरीको सिलसिलामा भारतमा रहेका छन्।
 
चट्याङले स्थानीय लालबहादुर सार्कीको घरमा क्षति पुगेको छ। क्षतिको यथार्थ विवरण लिन इलाका प्रहरी चौकी टाँटेको टोली घटनास्थलमा गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रकाशित: ७ भाद्र २०७६ ०५:११ शनिबार

चट्याङ मृत्यु