समाज

अछाममा जिप दुर्घटना, तीन जनाकाे मृत्युु

खम्म खत्री - अछामको वान्नीगढी जयगढ गाउपालिका वडा नम्वर ५ कालिकामा बुधवार राति जिप दुर्घटना हुदा ३ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् ।

मृत्यू हुनेमा वान्नीगढी जयगढ गाउपालिका ४ का अशोक परियार, सोहि ठाउकै कालु सि आउजी, र बैतडीका लालबहादुर बोहरा रहेका छन् ।

रामारोशन गाउपालिकावाट जयगढ तर्फ आउदै गरेको से १ ज ९९५ नम्वरको जिप राती ७ बजे तिर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा बान्नीगढ जयगढ गाउपालिका ४ तिमिसेनका तर्कराज तिमिसेना, कैलालीका जन्जीर चौधरी र घनश्याम चौधरी रहेका टाफिक प्रहरी कार्यालय अछामका नारायण बडुले जानकारी दिए।

दुर्घटना हुनुको कारण रातीको समय ,कच्चीबाटो र पानी परेकाले दुर्घटना भएको प्रहरी अनुमान गरेको छ । प्रहरीका अनुसार मृतकको पोष्टमाटमका लागी जिल्ला अस्पातल लगिएको छ ।

प्रकाशित: ५ भाद्र २०७६ ०१:५६ बिहीबार

दुर्घटना