समाज

दलित छात्रालाई साइकल वितरण

गौशाला- उच्च शिक्षातर्फ आकर्षित गर्नका लागि गौशाला नगरपालिकाले ५३ दलित छात्रालाई साइकल वितरण गरेको छ। त्रिभुवन माविको प्रागणमा आज आयोजित एक समारोहमा नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत दलित समुदायका छात्राहरुलाई एक थानका दरले साइकल वितरण गरिएको हो।     
     
मेयर छात्रवृत्ति कार्यक्रम अन्तर्गत यहाँका दलित छात्राहरुलाई साइकल वितरण गरिएको नगरप्रमुख शिवनाथ महतोले बताए। अगामी दिनमा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत हरेक विद्यार्थीलाई लक्षित गर्दै आर्कषण प्याकेज ल्याउने तयारी गरिएको पनि उनले बताए।     
     
आर्थिक वर्ष २०७५÷०७६ को योजना कार्यक्रम अन्तर्गत सो छात्रवृत्ति कार्यक्रम राखिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर खड्काले बताए। छात्रवृत्ति पाउनेमा नगरपालिकाको नौवटा सामुदायिक विद्यालयका ५३ छात्रा रहेका छन्।रासस    
  

 

प्रकाशित: ४ भाद्र २०७६ १२:२६ बुधबार

दलित_छात्रालाई साइकल वितरण