समाज

पूर्व पश्चिम राजमार्गमा दुर्घटना

कावासोती – पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकामा आज बिहान सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।     

मृत्यु हुनेमा भारत मोतिहारी घर भई मध्यविन्दु नगरपालिका–७ चोरमारामा प्लास्टिक पसल गर्दै आएका ३६ वर्षीय मोहम्मद साहवीर आलम रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।     

काठमाडौंबाट महेन्द्रनगरका लागि छुटेको ना५ख ४८६ नंको बसले मध्यविन्दु नगरपालिका–७ चोरमारामा बसले ठक्कर दिँदा गम्भीर घाईते भएका साइकलयात्री आलमको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।     

बसले ठक्कर दिँदा ना४५प २१०७ नंम्बरको मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका–७ का भानुभक्त पँगेनी घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।रासस   
  

 

प्रकाशित: ३ भाद्र २०७६ ०८:१३ मंगलबार

पूर्व_पश्चिम_राजमार्ग दुर्घटना