समाज

अछाममा चट्याङ लागेर एकको ज्यान गयो

अछाम– अछामको साफेबगर नगरपालिका ११ देबिस्थानमा एक जनाको चट्याङले लागेर सोमबार ज्यान गएको छ। साफेबगर नगरपालिका ११ भिर्कु टोलमा घर भएका बज्जिर बोहराको देउलीखाद बजारबाट घर जाँदै गर्दा धामीगाउँ टोलमा चट्याङ लागेर ज्यान गएको हो। 

दिउँसो करिब साढे ३ बजेतिर एक्कासी चट्याङ परी बोहराको घटनास्थलमै ज्यान गएको स्थानीय रुप कुमार ओडले जानकारी दिए। मृतक बोहराका श्रीमती र दुई छोरी रहेको छन्।

प्रकाशित: २ भाद्र २०७६ १३:५० सोमबार

चट्याङ अछाम मृत्यु