समाज

ताप्लेजुङमा २ दिनमा २ जनाको लडेर ज्यान गयो

ताप्लेजुङ– दुई दिनको अवधिमा ताप्लेजुङमा दुई जना महिलाको लडेर ज्यान गएको छ। यहाँको आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ३ हाङ्पाङको मिचिरिङमा एक र पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ६ थुम्बेदिनमा १ गरी २ जना महिलाको लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाका अनुसार हाङ्पाङ ३ मिचिरिङमा लडेर घाइते भएकी ५० वर्षे महिलाको उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको हो। उता थुम्बेदिन मिक्तेलास्थित कुवामा पानी भर्न गएकी ६७ बर्षकी एक महिलाको अचानक लडी बेहोस भएको केहि समयमै मृत्यु भएको समेत प्रहरीले जानकारी दिएको छ। मृतक दुबैको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०७६ ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App