समाज

प्रदेशसभामा मिडिया सेन्टर स्थापना हुँदै

हेटौँडा - प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ।  प्रदेशसभा बैठकबाट समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न लागिएको हो।
 
मिडिया सेन्टर नहुँदा प्रदेशसभामा समाचार सङ्कलन गर्ने सञ्चारकर्मीले समस्या भोग्नुपरेकाले मिडिया सेन्टर स्थापना गर्न लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
 
मिडिया सेन्टर नहुँदा पत्रकारले प्रदेशसभाको पछाडिपट्टि बसेर भिडियो, अडियोसमेत लिन नपाई रिपोर्टिङ गर्नुपर्ने बाध्यता थियो। सञ्चारकर्मीलाई सरल र सहजरूपमा रिपोर्टिङ गर्न मिल्ने गरी मिडिया सेन्टरको स्थापना गर्न लागिएको प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए।

मिडिया सेन्टर स्थापनाका लागि संसद् सचिवालयले चालू आर्थिक वर्षमा रु २० लाख छुट्याएको छ।  यो रकमबाट सुविधासम्पन्न मिडिया सेन्टर स्थापना गर्ने जनाइएको  छ।

प्रकाशित: २३ श्रावण २०७६ ०५:५२ बिहीबार

मिडिया_सेन्टर प्रदेशसभा