समाज

चार किलो सुनसहित विमानस्थलबाट चिनिया नागरिक पक्राउ

फाइल तस्बिर

काठमाडौं - चार किलो सुनसहित एक जना चिनिया नागरिक पक्राउ परेका छन्। ड्रयागन एयरको विमानमार्फत नेपाल आएका ली निङ्ग्सीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।

आइतबार राति उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ। तर विमानस्थल भन्सार कार्यालयले भने पहेँलो वस्तु बरामद गरेको र उक्त बस्तु सुन नै भए नभएको पुष्टि भइनसकेको जनाएको छ।

प्रकाशित: २० श्रावण २०७६ ०३:२३ सोमबार

सुन तस्करी विमानस्थल पक्राउ