समाज

तीन दिनसम्म चट्याङसहित भारी वर्षाकाे सम्भावना

काठमाडाैँ - मौमस पूर्वानुमान महाशाखाले आज ९शुक्रबार० देशका केही स्थानमा मेघ गर्जनसहित तथा पश्चिम पहाडका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् ।

शुक्रबार, शनिबार र आइतबारसम्म केही स्थानमा चट्याङ्ग पर्ने र पश्चिमको पहाडी भूभागमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउनुपर्ने मौसमविदको भनाइ छ । दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा राति चाहिँ पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् राजु प्रधानांगले बताए। हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर अवस्थित छ । यो रेखा बिस्तारै नेपाल तर्फ सर्दै आइरहेको छ ।


 

प्रकाशित: १७ श्रावण २०७६ ०४:२९ शुक्रबार

मौमस_पूर्वानुमान_महाशाखा चट्याङ वर्षा