समाज

नेकपाको कार्यालय र सचिवालय चयन

इलाम– पार्टी एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला कार्यालय र सचिवालय कमिटी गठन गरिएको छ। असार २७ मा बसेको जिल्ला कमिटी बैठकले ७ सदस्यीय जिल्ला कार्यालय र ४३ सदस्यीय सचिवालय कमिटी गठन गरेको हो। 

जिल्ला अध्यक्ष रामबहादुर मगरको अध्यक्षतामा सचिव सोममाया राई र सदस्यहरू भक्त केसी, महेश बस्नेत, उमेश गुरुङ, तेजबहादुर राई र शान्ता बस्नेत सदस्य रहेको जिल्ला कार्यालय गठन गरिएको छ। सचिवालयमा अध्यक्ष रामबहादुर मगर, सचिव सोममाया राई, भक्त केसी, महेश बस्नेत, तेजबहादुर राई, शान्ता बस्नेत, उमेश गुरुङ, गणेशप्रसाद बराल, टेकबहादुर राई, कृष्णप्रसाद श्रेष्ठ, राजकुमार राई, धनकुमार राई, उदय राई, नरेन्द्रनाथ भट्टराई, कुमार बराइली, ओमनारायण खनाल, छविलाल आचार्य, शोभा पराजुली, नवराज शंकर, दीपक सेन्चुरी, तेजमाया गुरुङ, कविरमान राई, देवेन्द्र शंकर, चित्रकला बराइली, सुकबहादुर लावती, सूर्य पोख्रेल, दीपेन्द्र खनाल र जीवन शर्मा सदस्य छन्। यस्तै, यामबहादुर राई, राजकुमार थापा, बुद्धि खनाल, लक्ष्मण राई, किरणकुमार राई, गोविन्द नेउपाने, रणबहादुर राई, श्रीमान राई, हरिवाला राई, अशोक प्रधान, तारा गुरुङ, न्युसन राई, जसबहादुर लुंगेली, श्यामकृष्ण घिमिरे र भोजप्रसाद खतिवडा पनि सदस्य चुनिएका छन्। 

पार्टीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनपछि बसेको बैठकले नवराज शंकरलाई कार्यालय सचिव चयन गरेको छ। बैठकले केही दिनयताको बाढी–पहिरो र डुबानलगायत प्राकृतिक प्रकोपबाट बच्न र बचाउन तथा पीडितको राहत–उद्धारमा जुट्न पनि सबैलाई आग्रह गर्ने निर्णय गरेको कार्यालय सचिव शंकरले जानकारी दिए। 

प्रकाशित: ३१ असार २०७६ १६:०० मंगलबार

नेकपा कार्यालय_र_सचिवालय