समाज

नेपालगन्जका ९ पसलमा चोरी

नेपालगन्ज– अविरल वर्षा परिरहेको मौका छोपी गयराति नेपालगन्जको व्यस्त सुर्खेतरोडका ९ पसलबाट लाखौंको धनमाल चोरी भएको छ। प्रमोद किराना पसल, भोलेबाबा फर्निचर, क्रियटिभ आल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा ट्रेडर्स, प्रभा किराना पसल, कुञ्ज ट्रेडर्स र शोभा ट्रेडर्समा चोरी भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए।

उनका अनुसार, तीन किराना पसलबाट झण्डै एक लाख नगद र मोबाइल रिचार्ज कार्ड चोरी भएको खुल्न आएको छ। ‘के कति चोरी भएको छ भन्ने यकिन भइसकेको छैन, मुचुल्का उठाउने काम भइरहेको छ,’ उनले भने, ‘चोरले नगद मात्र उठाएको छ, जहाँ नगद भेटिएको छैन, त्यहाँबाट अन्य कुनै सामान नलगेको पाइएको छ।’

दुई÷दुई वटासम्म बलिया ताल्चा लगाएको सटरसमेत फोडेको भेटिएको छ। जिल्ला र वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख फेरबदल भएको बेला नेपालगन्जमा चोरीका घटना बढेका छन्। सहरमा चोरीका घटना बढेपछि शनिबार साँझ मात्र नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसायी सुरक्षा माग गर्दै जिल्ला प्रहरी कायालय बाँके पुगेका थिए। गयराति एकैपटक ९ पसलमा चोरी भएपछि व्यवसायी त्रसित बनेको नेपालगन्जका इलेक्ट्रोनिक्स एसोसिएसन अध्यक्ष चिरञ्जीवी वलीले बताए।

एसोसियसनले नेपालगन्जको धम्बोझी, पुष्पलालचोक, त्रिभुवनचोक, सेतुविक, विपीचोकजस्ता मुख्य ठाउँमा रहेका प्रहरीलाई सक्रिय बनाउन र अन्य क्षेत्रमा नियमित गस्ती गर्न माग गरेको छ। सिसिटिभी क्यामेरा जडान गरिए पनि काम नगरेको भन्दै व्यवसायीले त्यसलाई सुधार गर्न माग गरेका गरेका छन्। रासस

प्रकाशित: २९ असार २०७६ ०६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App