समाज

पूर्वपश्चिम राजमार्ग : बाढीले कालोपत्रे सडक कटान गर्दै (भिडियाेसहित)

सिरहा - विगत तीन दिनदेखि परेकाे अबिरल वर्षाका कारण आएकाे पानीले राजमार्गकाे लहान- ११ पडरिया सडक खण्डको कालोपत्रे सडक निरन्तर रूपमा काटन गरिरहेकाे छ।  पानी निकास नहुँदा लहान स्थित सगरमाथा चौधरी आँखा अस्पताल जलमग्न भएकाे छ।

गोलबजार नगरपालिकाको पुरानो चोहर्वा स्थित राजमार्ग भएर ४ फिटसम्म पानी बगिरहेको छ । बाढीको पानी राजमार्ग कटान गरिरहेको कारण सवारी आउजामा कठिनाइ भैरहेको छ ।

 

प्रकाशित: २८ असार २०७६ ०६:०७ शनिबार

वर्षा पुर्व_पश्चिम बाढी