समाज

दशगाजामै भारतद्वारा २५ फिट अग्लो बाँध, डुब्याे गाैर

रौतहट - भारतीय पक्षले दशगजामै कृत्रिम तरिकाले बाँध बनाएपछि सदरमुकाम गौर डुबानमा परेकोे छ। भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेपछि पानी थुनिएर सदरमुकाम गौर डुबानमा परेकोे हो। गौर सदरमुकाममा करिव एक तला डुब्ने गरी बाढी पसेको छ।

रौतहटको अधिकांश स्थान यतिखेर जलमग्न छन्। चार दिनदेखि परिरहेको अविरल वर्षाको कारण लाल बकैया र बागमती नदीले ठाउँ ठाउँमा तटबन्ध बगाएको छ।

स्थानीयहरु समुदायिक पक्की भवन र छिमेकीका पक्की घरमा शरण लिन पुगेका छन्। लालवकैया खोलाको बाढीले बनुयाँद, कटहरिया र देबाहिगुनाही र बन्जारहा नजिक तटबन्धनै बगाएपछि सो क्षेत्रका करिव ६ हजार जनता डुबानमा परेका हुन्।

प्रकाशित: २८ असार २०७६ ०४:१५ शनिबार

दशगजा बाँध