समाज

विदेशीको नगद लुटपाट

काठमाडौं- काठमाडौँ महानगरपालिका– ६ बौद्ध तिनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी सुमिजु तेन्जिको रु दुई लाख आज लुटपाट भएको छ।    
    
 उक्त घरभित्र पसी अपरिचित समूहले सुमिजुलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उक्त खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले फरार लुटेराको खोजी गरिरहेको छ। घाइते सुमिजुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ। रासस    
    
 

 

प्रकाशित: २७ असार २०७६ १०:५७ शुक्रबार

लुटपाट विदेशी नगद