समाज

शारदा नहरमा बस खस्यो, ३२ नेपालीको जीवितै उद्धार

तस्बिर: एजेन्सी

भारत - भारतको उत्तर प्रदेश प्रान्तमा रहेको शारदा नहरमा बस खस्दा ३२ नेपाली र एक भारतीय नागरिकको जीवितै उद्धार गरिएको छ। फूलबेहड़ गाउँमा स्थित शारदा नहरमा बुधवार बस खसेपछि त्यहाँ भारतीय प्रहरीले नेपाली नागरिकलाई जीवितै उद्धार गरेको थियो। भारतको शिमलाबाट दाङको लागि छुटेको नेपाली बस बुधबार बिहान करिब ५ बजे शारदा नहरमा खसेको टाइम्स ऑफ इंडिया आनलाइनले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालकले नियन्त्रण गुमाउँदा यो घटना भएको हो। टाइम्स ऑफ इंडियाका अनुसार उत्तरप्रदेशको फूलबेहड़ थानाका प्रहरीले सूचना पाए लगत्तै घटना स्थलमा पुगेर स्थानीयको सहयोगमा ३२ नेपाली र एक भारतीयलाई जीवितै उद्धार गरेको थियो।

त्यस्तै नहरमा खसेको बसलाई् दुई क्रेनको सहायताले बाहिर निकालेको थियो। उद्धारमा खटिएका एक प्रहरी अधिकारीका अनुसार नहर आउनु भन्दा आगाडि एउटा मोडमा चालकले कुरा गर्दै  बसलाई तीब्र गतिमा लैजान खोज्दा बस नियन्त्रण भन्दा बाहिर गएको थियो। त्यसपछि बस नहरको रेलिंगमा ठोक्किएर खसेको थियो। उद्धार गरिएका सबै नेपालीलाई उपचारपछि दाङ पठाइएको छ।

प्रकाशित: २६ असार २०७६ ०३:५६ बिहीबार

भारत शारदा_नहर दुर्घटना