समाज

हज यात्रामा १२ सय जना जाने

कपिलवस्तु– यस वर्ष नेपालबाट १२ सय जना मुस्लिम धर्मावलम्बी हज यात्राका लागि जाने भएका छन्। केन्द्रिय हज कमिटी बैठकले विभिन्न २६ जिल्लाबाट उनीहलाई हज गर्न जान छनौट गरेको हो।

गत वर्ष पनि १२ सय जना हज यात्रामा गएका थिए। ३ वर्ष अघिसम्म नेपालबाट एक हजार जना मात्र हज गर्न मक्का जाने गरेका थिए। हज यात्री, हज कमिटीका सदस्य र प्राविधिकसमेत समावेश छन्। यात्रामा ११ जना प्रतिनिधिसमेत छन्। केन्द्रिय हज कमिटीले गत असार १५ गते जारी गरेको सुचना अनुसार यस वर्ष कपिलवस्तुबाट सबैभन्दा बढी २ सय २२  जना यात्रामा जान लागेका हुन्। यस्तै रुपन्देहीबाट १ सय ८३, सुनसरीबाट १ सय २६, बाँकेबाट १ सय २३, रौतहटबाट १ सय २७ जना हज यात्रामा जाने छन्। काठमाडौं, सिरहा, सप्तरी, मोरंग, धनुषा, पुर्व र पश्चिम नवलपरासी, महोत्तरीबाट हजमा जानेछन्। बारा, सर्लाही, सप्तरी, गोरखा, झापा, दाङ, स्याङजा, अर्घाखाँची, पाल्पा, कास्की, तनहु, धनुषा, सिराहाबाट हज यात्रामा जान पाउने छन्।

जिल्लाबाट हज गर्न जानका लागि २ सय २२ जा जना छनौटमा परेको जिल्ला प्रशासन कार्यालयका नासु गिरिराज आचार्यले बताए। गत वर्ष आवेदन दिएर पनि जान नपाएका १ सय ४७ र नयाँ आवेदक मध्ये ७५ जना छनौटमा परेको आचार्यले बताए। यस वर्ष जिल्लाबाट हजकालागि १ सय ७४ जनाको आवेदन परेको थियो।  

मुस्लिम बहुल क्षेत्र भएकाले जिल्लाबाट हजयात्रामा जानेहरु नेपालमै सबैभन्दा बढी हुने गर्छन्। देशभरबाट दुई हजार बढी आवेदन परेको थियो। देशभरका हजयात्री ७ चरणमा जुलाई १८ देखि २५ जुलाई तारिखसम्म मक्काका लागि प्रस्थान गर्नेछन्। हजयात्री काठमाडौ–युएई हुदै साउदीको जेद्दा पुग्नेछ। चन्द्रमाको उपस्थितीले तय हुने ईदमा जेद्दाबाट ८० किलोमिटरको दुरी तय गरि पैगम्बर मोहम्मदको जन्म स्थान (खान ए कावा) मा परिक्रमा गरि मक्काको मिना मुद्दिलफा आराफातमा ५ दिन बसि नवाज अदा गर्नेछन्। त्यसपछि पैगम्बर मोहम्मदको कब्रस्थान रहेको मदिनामा पुगी १० दिन नबाज पढेपछि हज पुरा हुनेछ। प्रति हज यात्रीले २ लाख ३० हजार रकम तिरेका हुन्।

हज यात्रा गरेकालाइृ हाजी भनिन्छ। हज यात्रीलेसँगै आफना श्रीमती र सहयोगीहलाई समते लाने गरेको छन्। अति गरीब परिवारले समेत ऋण सरसापटक लिएर मक्का मदिना जाने गरेको पाइएको छ। 

प्रकाशित: १८ असार २०७६ १३:३६ बुधबार

मुस्लिम_धर्मावलम्बी हज_यात्रा