समाज

‘धर्म संस्कृतिको जगेर्ना गर्न मिडियाको ठूलो भूमिका’

काठमाडौं – स्वामी आनन्द अरुणले विकासको नाममा धर्म संस्कृति लोप हुँदै गएको बताउँदै धर्म संस्कृतिलाई जगेर्ना गर्न प्रेस जगत्ले महत्वपूर्ण योगदान पु¥याउनुपर्ने बताएका छन्।

शारीरिक अपांगताका बाबजुद पनि निरन्तर पत्रकारितामा सक्रिय रहने पत्रकारहरुलाई सम्मान गर्न शनिबार काठमाडौंमा गरिएको कार्यक्रममा बोल्दै स्वामी अरूणले गरिबी, भष्ट्रचार, न्याय र सत्यका लागि मिडियाको भूमिका रहनुपर्ने बताए। उनले भने, ‘मौलिक संस्कृतिहरुले हाम्रो समाज भरिपूर्ण छ। यसलाई संरक्षण गर्न मिडियाको भूमिका महत्वपूर्ण छ।’

शिवपुरी मिडिया नेटवर्कको तेस्रो वार्षिकोत्सव अवसरमा गरिएको सो कार्यक्रममा ब्रह्मकुमारी कुसुमले क्रान्तिकारी परिवर्तनमा मिडियाको विशिष्ट योगदान रहेको बताउँदै सत्य, तथ्य र निष्पक्ष समाचारमार्फत् मानव जगतमा नयाँ जोस, जाँगर तथा स्वर्णिम संसार बनाउन मडिया अगाडि बढोस् भनी शुभकामना दिइन्। उक्त कार्यक्रममा शिवपुरी मिडिया नेटवर्कले प्रकाशन गरेको स्मारिका विमोचन तथा अपांगता सहायता कोषको घोषणा गरिएको थियो। सो कार्यक्रममा गजेन्द्र बुढाथोकी, रामप्रसाद पुडासैनी, बलराम सिटौला, पत्रकार विकास थपलिया, मुकुन्द कालिकोटे, बलराम खड्का, चन्द्रिका आचार्यलगायतलाई सम्मान गरिएको थियो।

प्रकाशित: ८ असार २०७६ ०३:२१ आइतबार

स्वामी_आनन्द_अरुण विकास धर्म_संस्कृति मिडिया