समाज

दुई अप्रेसनमा २८ ओटा पासो बरामद

रसुवा - गत फागुन २० गते गोसाइँकुण्ड गाउँपालिका–६ सोलेको जंगलमा तीनओटा फलामका पासो फेला परे। वन्यजन्तु तथा पशुपक्षीलाई लक्षित गरी थापिरहेको अवस्थामा गस्ती टोलीले पासो फेला पारेको थियो। कालिका गाउँपालिका–१ चुर्पीडाँडामा वैशाख १४ गते १० थान पासो भेटिए। पासोमा एउटा लंगुर बाँदर फेला परेको थियो। जीवितै रहेकाले टोलीले उद्धार गरेर छाडेको थियो। त्यसको दुई दिनपछि कालिका गाउँपालिका–१ मूलखर्कमा पासो थाप्दै गर्दा १० थान पासोसहित एकजना पक्राउ परे। यी प्रतिनिधि घटना मात्रै हुन्। लाङटाङ राष्ट्रिय निकुञ्जले सञ्चालन गरेको पाँचौं महाहन्ट अप्रेसनको क्रममा २८ ओटा पासो बरामद भएका छन्।

निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरीसिकार रोक्न विशेष अभियान सञ्चालन गरिएको थियो। फागुन १ गतेदेखि जेठ मसान्तसम्म सञ्चालन गरिएको सो अप्रेसनको उपलब्धिबारे शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। अभियान अवधिमा पासो बरामद गर्नुका साथै १२ ओटा ड्रोन क्यामेरासमेत नियन्त्रणमा लिएको थियो। अनुमतिबिना निकुञ्ज क्षेत्रमा ड्रोन ल्याएका कारण नियन्त्रणमा लिई पछि फिर्ता गरिएको छ।

दुईवटा जनावरको उद्धार र चारओटाको व्यवस्थापन गरिएको निकुञ्जले जनाएको छ। यहाँ अवैध रूपमा यार्सागुम्बा संकलन, बालुवा–गिटी तस्कर, वन फडानीलगायत घटना भइरहेका छन्। निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरीसिकार रोक्न विशेष अभियान सञ्चालन गरिएको हो। वनजन्य सामग्रीको अवैध ओसारपसार नियन्त्रण गरी दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्न अप्रेसन गरिएको प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन्। ‘हाम्रो यो पाँचौं अप्रेसन हो,’ उनले भनिन्, ‘यसले संरक्षणमा महŒवपूर्ण योगदान पु¥याएको छ।’ उनका अनुसार अभियान निकुञ्जका तीनवटै जिल्लामा सञ्चालन भएको छ।

२०३२ सालमा स्थापित निकुञ्जले रसुवाको ५७ प्रतिशत, सिन्धुपाल्चोकको ३६ प्रतिशत र नुवाकोटको सात प्रतिशत भूभाग ओगटेको छ। निकुञ्जमा एक हजारभन्दा बढी वनस्पति, ४६ प्रकारका स्तनधारी जनावर, दुई सय ५० भन्दा बढी पक्षी, ११ प्रकारका सरिसृप, ३० प्रकारका माछा, १० प्रकारका माकुरा र ५८ प्रकारका पुतली पाइन्छन्।

प्रकाशित: ८ असार २०७६ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App