समाज

लागुऔषधसहित ४ ‍जना पक्राउ

काठमाडाैं–महानगरीय प्रहरी प्रभाग नागढुङगाले अवैध लागुऔषध ब्राउनसुगर सहित ४ ‍जनालाई पक्राउ गरेको छ।

प्रहरीले बिहीबार ८:३० बजे नेपालगंजबाट काठमाण्डौ आउदै गरेको ना.६ ख.२९४१ नम्बरको यात्रुबाहक सवारी साधनलाई नागढुङगामा चेकजाँच गर्दा नेपालगंज उपमहानगरपालिका-६ का रबिन थापा र सोही उपमहानगरपालिका वडा न.१३ का बिबेक बस्नेतलाई ३२.६५ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हाे।

सोही घटनामा संलग्न बानेश्वर बस्ने नेपालगंजकै शशांक मल्ल र बिसाल रंजितलाई काठमाण्डौ कलंकीबाट प्रहरीले पक्राउ गरेको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०७:१५ शुक्रबार

महानगरीय_प्रहरी_प्रभाग लागुऔषध पक्राउ