समाज

जुम्लामा स्मार्ट लाइसेन्स वितरण शुरु

खलङ्गा– जुम्लाबाट स्मार्ट लाइसेन्स वितरण आजबाट शुरु भएको छ।

सवारी चालक अनुमतिपत्रलाई डिजिटल प्रविधिमा लैजाने (इडिएल भि आरएस) प्रक्रियाको आज चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले औपचारिक रुपमा उद्घाटन गरिन। सो अवसरमा उनले अहिलेको प्रविधिको युगमा यो प्रक्रियाबाट स्मार्ट लाइसेन्स वितरण हुनु खुशीको कुरा भएको बताइन।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले सवारी चालक अनुमितपत्र लिँदा यहाँका नागरिकले व्यहोर्नुपर्ने झण्झटको अब अन्त्य हुने बताइन्।

प्रकाशित: २३ जेष्ठ २०७६ १०:२९ बिहीबार

स्मार्ट_लाइसेन्स जुम्ला