समाज

राजधानीमा आएकाे भीषण हावाहुरी पूर्वतिर सर्दै(भिडियाेसहित)

काठमाडौं– उपत्याका लागयत आसपासका जिल्लामा शनिबार साँझ भीषण हावाहुरी आएको छ। ब‌ंगालको खाडीकै प्रभावले काठमाडौँमा यति ठुलो हावाहुरी आएको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वमा बनेको न्यूनचापीय रेखा, पश्चिमी र स्थानीय वायुको प्रभावले हावाहुरीको रुप लिएको महाशाखाले जनाएको छ। महाशाखाले दिएको जानकारी अनुसार काठमाडौँमा आएको भीषण हावाहुरी पूर्वतिर सरिरहेको छ।

१३/१४ मिटर प्रति सेकेन्डको स्पीडले हावाहुरी आएको मौसम विभागले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण देशभर मौसम बदली भइरहेको छ। तीव्र गतिमा आएको हावाहुरीले केही घरको छानोसमेत उडाएको छ। घरका झ्याल ढोकामा क्षति पुर्याएको छ। बारामा केही महिनाअघिको भीषण हावाहुरीपछि काठमाडौंमा पनि ठूलो हावाहुरी आएको हो। राजधानीवासीले यति ठूलो हावाहुरी अहिलेसम्म नआएको बताएका छन्।

यस्तो छ मौसम पुर्वानुमान

दिउँसोस् देशको  पुर्वी तथा मध्य भु-भाग लगायात पश्चिमी पहाडी भु-भागमा आंशिक देखि  सामान्य वदली  रही बाँकी भु(भागमा आंसिक बदली रहनेछ।  देशका केहि स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

रातिस् देशैभरि आंशिक देखि  सामान्य वदली रही  देशको पश्चिमी भु(भागका  केहि स्थानहरुमा र मध्य तथा पुर्वी भु(भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेष्ठ १९  गते
दिउँसोस् देशैभरि आंशिक देखि  सामान्य वदली रही  देशका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
रातिस् देशैभरि आंशिक देखि  सामान्य वदली रही  देशका थोरै स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

जेष्ठ २०  गते
दिउँसोस् देशैभरि आंशिक देखि  सामान्य वदली रही  देशको पश्चिमी भु(भागका  केहि स्थानहरुमा र मध्य तथा पुर्वी भु(भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
रातिस्  देशका पहाडी भू(भागमा आंशिक देखि  सामान्य वदली रही बाँकी भूभागमा आंसिक बदली रहने देखिन्छ ।

 

प्रकाशित: १८ जेष्ठ २०७६ १२:२० शनिबार

भीषण हावाहुरी मेघ_गर्जन वर्षा