समाज

नागढुंगामा मोटरसाइकलमा बोकिरहेको बम बिस्फोट, दुई जना घाइते

काठमाडौं– काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्।

मोटरसाइकलमा बम बोकेर हिडिरहँदा एक्कासी विस्फोट हुँदा त्यसमा सवार दुई जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

घाइतेको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। घटना राती ८ बजेतिरको हो। 

प्रकाशित: १२ जेष्ठ २०७६ १४:४८ आइतबार

नागढुंगा बम_विस्फोट घाइते