समाज

ब्रेन ट्युमरबाट पीडित महिलालाई सहयोग

काठमाडौं– ब्रेन ट्युमरबाट पीडित कालिकोटकी बिरामीलाई आर्थिक सहयोग गरिएको छ। कालिकोट घर भएका युवा संघका नेता एवं व्यवसायी वकिम बमले त्रिवि शिक्षण अस्पतालमा उपचाररत ब्रेन ट्युमर पीडित नरहरीनाथ गाउँपालिका ९ की उर्मिला बोहरालाई बिहीबार अस्पताल पुगेर २५ हजार रुपैयाँ प्रदान गरेका हुन्। 

तीन महिनादेखि टिचिङका उपचाररत उर्मिलाको आर्थिक अवस्था कमजोर छ। उनको उपचारका लागि थप रकम संकलन भइरहेको नेता बमले बताए। 

यसैबीच रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियु सदस्य शिवशंकर न्यौपानले पनि तीन हजार रुपैयाँ सहयोग गरेका छन्।

प्रकाशित: ९ जेष्ठ २०७६ १०:०० बिहीबार

ब्रेन_ट्युमर महिला सहयोग त्रिवि_शिक्षण_अस्पताल