समाज

३५ लाख सहित काठमाडौंबाट हुण्डी कारोवारी पक्राउ

काठमाडौं- प्रहरीले चावहिलबाट करिव ३५ लाख रकम सहित हुण्डी करोवारीलाई पक्राउ गरेको छ। प्रहरीले चावहिल गणेशथानबाट ३४ लाख ८९ हजार ३ सय रकम सहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोलुखुम्वु दुधकोसीका सुनिल राई, अर्जुन राई र जगत खड्का रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए। उनीहरुलाई अहिले गौशाला प्रहरीमा राखिएको छ।

उनीहरुले गणेशथानमा फ्लायाट लिएर हुण्डीको अवैध कारोवार गर्ने गरेका थिए। एक फ्ल्याटलाई कार्यालको जस्तो बनाएर अवैध रकमको कारोवार गर्ने गरेको प्रहरीले बताएको छ।

प्रकाशित: ५ जेष्ठ २०७६ १०:३३ आइतबार

हुण्डी अवैध_मुद्रा पक्राउ